Disable Preloader

शुभकालिका २ बन्यो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भिडिसेफ नेपाल कालिकोटको पहलमा कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका-२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। आवश्यक सूचकहरू पूरा भएपछि शासनयुक्त वडा घोषणा गरिएको हो।

वडाभित्र बालमैत्री शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सहभागितालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। बालश्रम, बालविवाह, हिंसा र शोषणविरुद्ध समुदायस्तरमै सचेतना अभिवृद्धि गरिएको छ। बालबालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउने अभ्यासलाई पनि संस्थागत गरिएको छ।

No photo description available.

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बालबालिकाको अधिकार संरक्षण, सहभागिता र सुरक्षित वातावरण निर्माण नै समृद्ध स्थानीय शासनको आधार भएको उल्लेख गरे। उनले भने, ‘बालमैत्री नीति कागजमा मात्र सीमित नभई व्यवहारमा उतार्न स्थानीय तह प्रतिबद्ध रहेको छ।’

वडाध्यक्ष मनबहादुर शाहीले वडा नम्बर २ लाई बालमैत्री बनाउन सरोकारवाला निकाय, अभिभावक, शिक्षक र समुदायको सक्रिय सहयोगले सम्भव भएको बताउँदै आगामी दिनमा बालबालिकाको हितका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

 

Share:
vdsefnepal16@gmail.com

Comments
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *